२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको शुभारम्भ

अ+ अ-

डोटी । डोटीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुक्रबार शुभारम्भ गरिएको छ । 

एक कार्यक्रमको आयोजना गरी दिपायल सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा र्‍याली सहित कार्यक्रमको शुभारम्भ गरेको हो ।  

अभियान शुभारम्भ कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटी जिल्लामा पनि विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्छन् त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने बताइन् ।

समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने समेत प्रजिअ श्रेष्ठले बताइन् । 

कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समारोह समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले समाजमा कुनैपनि महिलाहरूले हिंसा सहेर बस्न नहुने त्यसको लागि सुरुमा महिलाहरू नै अग्रसर हुनुपर्ने बताए । 

डोटी जिल्लामा विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा नगरपालिकाका विभिन्न वडाहरूमा १६ दिन सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइने दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् । उनले नगरपालिकाका सबै वडाहरुमासँगै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने बताइन । 

डोटीका अन्य पालिकाहरूमा पनि  विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवसलाई मनाइँदै छ ।  

अभियान प्रारम्भ कार्यक्रममा जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, पत्रकार लगाएको सहभागिता रहेको थियो । 

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस