डोल्पा प्रदेश (२) मा माओवादीका वीरबहादुर शाही निर्वाचित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

डोल्पा प्रदेश (२) मा माओवादीका वीरबहादुर शाही निर्वाचित


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस