बर्दिया-१ (२)मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बर्दिया-१ (२)मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन् ।

उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरेका छन् ।

चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको अञ्जु दहितले ११ हजार चार सय ९० मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस