कोमल वलीलाई पछि पार्दै काँग्रेसका दीपक गिरी निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोमल वलीलाई पछि पार्दै काँग्रेसका दीपक गिरी निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन्। उनी ७ हजार ८ सय १० मतान्तरले विजयी भएका हुन्।

काँग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन्।

यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो। सुरूदेखि नै अग्रता लिएका गिरीले क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका थिए।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार बढी मत प्राप्त गरेका थिए।

साबिक राप्ती अञ्चलका पाँच जिल्लाहरू दाङ, प्युठान, रोल्पा, सल्यान र रुकुमबाट उनी नेपाली काँग्रेसका एक्ला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थिए। लुम्बिनी प्रदेशअन्तर्गत पर्ने छिमेकी जिल्लाहरू रोल्पा, प्युठान र रुकुम पूर्वमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने गिरी एक्ला नेता हुन्।

प्रचण्ड प्रधानमन्त्री हुँदा नौ महिना सिँचाइमन्त्री रहेका गिरीले बृहत् सिँचाइ परियोजना ल्याएका थिए। यसको केन्द्रीय कार्यालय आज पनि तुलसीपुरमै छ। यसले जिल्लाको सिँचाइ, बाँध तथा सिँचाइ नहर निर्माणमा भूमिका निर्वाह गर्दै आएको छ।

उनी यसअघि २०५१, २०७४ मा पराजित भएका थिए भने २०७० मा निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस