२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव

अ+ अ-

काठमाडौँ । बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ ।

सप्ताहव्यापी रूपमा मनाइने महोत्सवको पहिलो दिन बुधबार नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको पौराणिक कथन छ । सोहीअनुसार विवाह पञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए । 

मिथिलाको उत्सवमध्ये विवाहपञ्चमीलाई महामहोत्सवका रूपमा भव्यरूपमा साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।

महामहोत्सवअन्तर्गत भोलि तेस्रो दिन धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौँ दिन मङ्सिर ११ गते मटकोर, छैटौँ दिन मङ्सिर १२ गते स्वयंवर र सातौँ तथा अन्तिम दिन मङ्सिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस