खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य ढकाल बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

युवा तथा खेलकुद मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’ लाई ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरेका हुन्।  

नवनिर्वाचित ढकालले २५ हजार २६ मत प्राप्त गरे भने मन्त्री गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका छन्।  

यस्तै नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४ सय ६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस