विद्यालयको भवनमा सशस्त्रको क्याम्प, के भन्छ प्रहरी प्रशासन ?  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालयको भवनमा सशस्त्रको क्याम्प, के भन्छ प्रहरी प्रशासन ? 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा रहेको बाल मन्दीरआधारभूत विद्यालयको भवनमा सशस्त्रको क्याम्प बसेको छ। विद्यालय सञ्चालन भइरहेकै अवस्थामा सशस्त्र प्रहरीको क्याप विद्यालयको भवनमा बसिरहेको हो। 

विद्यालयका प्रधानाध्यापक सुशीला थापाले चुनावको पछिल्लो दिन (५ मंसिर) राति सशस्त्रले एकरात आफ्नो हतियार राख्न मागेकोले दिएको बताइन्। तर एक रात भने पनि अहिलेसम्म सशस्त्रले विद्यालयको भवनलाई क्याम्प बनाएको छ। 

बाजुरा जिल्ला सशस्त्र प्रहरीका डिएसपी भिम चौधरीले विद्यालयमा बस्न नहुने थाहा हुँदाहुँदै पनि अन्त ठाउँ नभएकोले बस्नु परेको प्रतिक्रिया दिए। सहाय प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले भने शस्त्रको क्याप आजै नै विद्यालयबाट हटाउन लगाउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस