काठमाडौँ । इलाम क्षेत्र नं १ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ।
बिहीबार बिहान सर्बदलिय बैठक बसेर बिहान १० बजेबाट मतगणना पुन सुरु गर्ने भनिएको भए पनि प्राविधिक त्रुटिका कारण अनिश्चित कालका लागि स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन आयोगको त्रुटीका कारणले निर्वाचन आयोगको आधिकारिक डाटा अनुसार प्रतिनिधिसभातर्फ खसेको मतमा ४३७ मत हराएकोले सो क्षेत्रको मतगणना स्थगित भएको थियो।
बिहान १० बजे सर्वदलीय बैठक बसेर मतगणना पुन सुरु गर्ने भनिएपनि सहमति जुट्न नसकेकोले रोकिएको हो।
हाल प्रतिनिधिसभातर्फ सो क्षेत्रमा २३८६५ मत गणना भएको छ। निर्वाचन आयोगको डाटा अनुसार भने हालसम्म गणना हुनुपर्ने मत २४३०२ रहेको छ।
