काठमाडौँ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । उनका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।