प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा(एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।

निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ ।

उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए । नेकपा(एमाले) पोलिटब्यूरो सदयसमेत रहेका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस