Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।  उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए । 

त्यसैगरी नेकपा(एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस