भोजपुर प्रदेश सभा-१ मा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भोजपुर प्रदेश सभा-१ मा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस