पाँचथर प्रदेशसभा-२ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँचथर प्रदेशसभा-२ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उनी दोस्रो पटक विजयी भएका हुन् । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय पाँच मत पाएका छन् ।

जिल्लाको फिदिम नगरपालिका-११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि छन् ।

उनी यस पटक माओवादी केन्द्र, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार थिए । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस