काठमाडौँ । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भएका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याए भने एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । त्यहाँ एमाले तेस्रो भएको छ ।
अघिल्लो पटक चितवनबाट निर्वाचित भएका प्रचण्डले यस पटक गोरखा पुगेर उम्मेदवारी दिएका थिए।