२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्मणलाल कर्णको जमानत जफत 

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । उनी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । अन्तिम मत परिणाममा चौथो स्थानमा रहेका कर्णले १ हजार ११७ मत प्राप्त गरे ।

जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५३७ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डङ्गोलले २ हजार ६५१ मत प्राप्त गरे । पर्सा-१ बाट प्रतिनिधिसभा सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार हरेक उम्मेदवारले जमानत जोगाउनका लागि कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७० मा उम्मेदवारीले राख्नुपर्ने धरौटीबारे उल्लेख गरिएको छ ।

‘उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूचि पेस गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्ष धरौटी राख्नुपर्नेछ,’ उक्त दफामा भनिएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९३३ रहेकामा ५१ हजार ३७९ मत खसेको थियो । यसमा केही मत बदर भएको भए पनि उनले धरौटी जोगाउन झण्डै पाँच हजार मत प्राप्त गर्नुपर्छ ।

लक्ष्मणलाल कर्ण अघिल्लो निर्वाचनमा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदीप यादव भने अघिल्लो चुनावमा पनि पर्सा १ बाटै निर्वाचित भएका थिए । लोसपा अन्तिम समयमा सत्ता गठबन्धनतिर लागेपछि पर्सा ४ मा काँग्रेसका रमेश रिजाललाई छाड्दै कर्ण पर्सा-१ पुगेका थिए ।

पर्सा-मा काँग्रेसका असन्तुष्ट पक्षले द्विवेदीलाई बागी उम्मेदवार बनाएको थियो । द्विवेदी निकटतम प्रतिद्वन्द्वी बनेपनि कर्ण भने धरौटी जोगाउन पनि असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस