माओवादीका देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादीका देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित


७ मंसिर २०७९, बुधबार


पोखरा । नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले २४ हजार ७७९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार मञ्जु शर्मले २० हजार १८० मत ल्याएकी छन् ।

पौडेल चार हजार ५९९ मतान्तरले निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस