१३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अगाडि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

१३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अगाडि


७ मंसिर २०७९, बुधबार


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनअन्तर्गत काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो ।

अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी छ । तर, ओलीले अधिकारीभन्दा २३ हजार ६ सय ५९ मतान्तरको अग्रता बनाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस