१४ सय मतले पछि परेका गच्छदार.. « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१४ सय मतले पछि परेका गच्छदार..


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काँग्रेसका नेता विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारसँग साढे एक हजार मतले पछि परेका छन्।

सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गच्छदार एमाले नेतृ भगवती चौधरीसँग एक हजार ४३२ मतले पछि परेका हुन्।

चौधरीले तीन हजार ४५१ मतसहित अग्रता कायम गरेकी छन्। गच्छदारले भने दुई हजार १९ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले तीन हजार १४ मत ल्याएका छन्। मैनालीले एमाले नेतृ चौधरीलाई पछ्याईरहेका छन्।

सुरुवाती अग्रता रास्वपाका मैनालीले लिए पनि अहिले दोस्रो स्थानमा छन्।सुनसरीको दुहबीस्थित रंगशालामा मतगणना भइरहेको छ। हालसम्म इटहरी उपमहानगरपालिकाका ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ भने हाल ९ नम्बर वडाको मतगणना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस