२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमेश पन्तको प्रश्न : मुख्यमन्त्रीसँग भिड्ने दम कुनै युवामा थियो ?

अ+ अ-

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडियन हिमेश पन्तले गाउँका मतदाताको चेतना स्तरमा अझै सुधार नआएको बताएका छन् । अहिलेसम्मको मतगणनामा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै पछाडि रहेका छन् ।

धादिङ–१ मा वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १३ हजार ६ सय ८ मतसहित अगाडि रहेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका भूमिप्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका हिमेशले ४ हजार ४ सय ४३ मत ल्याएका छन् ।

हिमेशले २र४ लाख खर्च गरेर चुनाव लड्नु कुनै मजाकको विषय नभएको बताएका छन् । राजमार्ग लाइन र नगरपालिका क्षेत्रमा बुझ्ने मान्छे भए पनि पहाड, गाउँ र लेकका मान्छेहरूको चेतना स्तरमा सुधार नआएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘करोडौँ करोड खर्च गरेर चुनाव लड्नेहरूसँग २र४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउँपालिका र १ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए तापनि पहाड,गाउँ र लेकका मान्छेहरूको चेतना स्तरमा अझै सुधार आएको छैन ।’

उनले अझै पनि पैसाले नै चुनाव जित्ने माहोल रहेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘हामी प्रचार–प्रसारमा हिँड्दै गर्दा, जसले दिन्छ नोट, उसैलाई भोट। भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त,भोट चाहिए रक्सी खुवाउनुस्। सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौँ जस्तो हुँदै हैन ।’

निर्वाचन आयोगले दिएको प्रचार अवधिको समय निर्वाचन क्षेत्रको ५३ ओटै वडामा पुग्न असम्भव रहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण काम भएको भन्दै उनी भन्छन्, म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट : मासु भातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर–धम्कीबाट आएको भोट हैन। बिनासंगठन, बिना गठबन्धन, बिना पैसा, बिना अनुभव‘ मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो ? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरूको मनभित्र ढ्यांग्रो बजेको छ। यही नै हाम्रो ठुलो उपलब्धि हो।’

प्रतिक्रिया दिनुहोस