मकवानपुर २ मा बर्तौलाको अग्रता कायमै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मकवानपुर २ मा बर्तौलाको अग्रता कायमै


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध १ हजार ९०७ मतको अन्तर बनाएका हुन् ।

एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग सुरुवातदेखि नै लगातार पछि रहँदै आएका छन् । कुल ४३ हजार २४४ मत गणना गर्दा बर्तौलाले १७ हजार दुई सय ५५ मत पाएका छन् भने एकिकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले १५ हजार तीन सय ४८ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस