काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा प्रारम्भिक अग्रता कायम राखेका छन् ।
२२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत पाएका छन् ।