ईश्वर पोखरेललाई ५ हजार बढी मतान्तरले पछि पार्दै प्रदीप पौडेल निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ईश्वर पोखरेललाई ५ हजार बढी मतान्तरले पछि पार्दै प्रदीप पौडेल निर्वाचित


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ ५ मा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्।

मंगलबार राति आएको निर्वाचन परिणामअनुसार काँग्रेसका प्रदीप पौडेलले पोखरेललाई पराजित गरेका हुन्। पोखरेल ५ हजार ६५ मतान्तरले पराजित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले १५ हजार २३७ मत पाए भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्।

पोखरेल यसअघि दुईपटक काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस