म्याग्दी ‘ख’ बाट माओवादीले खोल्यो खाता  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

म्याग्दी ‘ख’ बाट माओवादीले खोल्यो खाता 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेश सभामा नेकपा माओवादीले खाता खोलेको छ ।

म्याग्दी ‘ख’ बाट माओवादीले खाता खोलेको हो ।

सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादीका रेशम जुग्जाली ‘सुविन’ १०१ मतान्तरले निर्वाचित भएका हुन् ।

मंगलबार राति आएको अन्तिम मत परिणाममा जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत गरेका छन् ।

२०७४ मा यो क्षेत्रमा नेकपा एमालेकी नरदेवी पुन निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस