बाग्लुङ २ ‘ख’ मा काँग्रेसका कुँवर निर्वाचित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बाग्लुङ २ ‘ख’ मा काँग्रेसका कुँवर निर्वाचित


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । बाग्लुङ २ ‘ख’ मा नेपाली काँग्रेसका दोर्णबहादुर कुँवर निर्वाचित भएका छन्। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुँवरले नेकपा एमालेका लक्ष्मण पुन मगरलाई पराजित गर्दै गण्डकी प्रदेश सभाको यात्रा तय गरेका हुन्।

कुँवर र पुनबीचको मतान्तर ३ हजार ७३७ रहेको छ। कुँवरले १२ हजार ४८० मत प्राप्त गर्दा पुनले ८ हजार ६७१ मत पाएका छन्। यो क्षेत्रमा ४१ हजार २२७ मतदाता थिए। २३ हजार ३३८ मत खसेको थियो। यो क्षेत्रमा बाग्लुङको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्छ।

प्रदेश सभामा उम्मेदवार रहेका नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्ती मगरले २३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र नरबहादुर गुरुङले ३३६ र दुर्गादेवी घर्ती मगरले ४ मत पाएका छन्।

कुँवर नेविसंघको पूर्व केन्द्रिय सदस्य हुन्। क्षेत्रीय सभापतिसमेत बनेको उनी हाल महाधिवेशन प्रतिनिधि छन्।

यो क्षेत्रमा २०७४ सालमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए। वाम गठबन्धनका उम्मेदवार बनेका घर्तीले नेपाली काँग्रेसका जीतबहादुर शेरचनलाई ३ हजार २६० मतान्तरले जितेका थिए। घर्तीले ११ हजार ८८४ र शेरचनले ८ हजार ६२४ मत पाएका थिए।

अघिल्लो पटक बागलुङमा निल भएको काँग्रेसले यसपटक खाता खोल्दै गण्डकी प्रदेशमा काँग्रेसबाट विजयी हुनेको संख्या ४ पुर्‍याएको छ। यसअगाडि मुस्ताङको २, मनाङको १ प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेस विजयी भइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस