मोरङ ५-१ मा काँग्रेसका गयानन्द गनगाई निर्वाचित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मोरङ ५-१ मा काँग्रेसका गयानन्द गनगाई निर्वाचित


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । मोरङको क्षेत्र नं. ५ (१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डल  प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

यो विजयीसँगै नेपाली काँग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो । उनले नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस