पर्सा : प्रदेश सभामा काँग्रेसका पटेल निर्वाचित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पर्सा : प्रदेश सभामा काँग्रेसका पटेल निर्वाचित


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ। पर्साको प्रदेश सभामा नेपाली काँग्रेसले खाता खोलेको छ ।

पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली काँग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली काँग्रेसले नै जितेको थियो । काँग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस