कात्तिक महिनामा १६ अर्बले बढ्यो बैंकको निक्षेप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कात्तिक महिनामा १६ अर्बले बढ्यो बैंकको निक्षेप


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । निक्षेप संकलनका हिसाबले कात्तिक महिना बैंकहरुका लागि सुखद देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार यस महिना २६ वटा वाणिज्य बैंकहरुले १६ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

अघिल्लो महिना अर्थात् असोज मसान्तसम्म बैंकहरुले ६१ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गरेका थिए । यद्यपि, समीक्षा अवधिमा २६ वटा बैंकहरुले २ अर्बले मात्र कर्जा लगानी विस्तार गरेको संघको रिपोर्टले देखाएको छ ।

असोज मसान्तसम्म ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा २ अर्बले मात्र लगानी बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस