रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले दोब्बर मतले अग्रता लिएका छन् ।
सत्ता गठबन्धनको समेत सहयोग रहेको साहले ६ हजार २५३ मत ल्याउँदा एमालेको समर्थनमा उम्मेदवारी दिएका ओमप्रकाश जैसवालले ३ हजार ७५१ मत मात्रै ल्याएका छन् ।
यस्तै माओवादी केन्द्रबाट कारवाहीमा परेका रबिन्द्र पटेल धिरले १ हजार ७५९ मत पाएका छन् । पट्टेललाई माओवादी केन्द्रले साधारण सदस्य समेतबाट कारवाही गरिसकेको छ ।
उनलाई कारवाही गरेको माओवादी केन्द्रसहित सत्तारुढ पाँच दलीय गठबन्धनले साहलाई समर्थन गरेको थियो ।