देउवाको गृहजिल्लामा भोलिबाट मात्रै मतगणना हुने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवाको गृहजिल्लामा भोलिबाट मात्रै मतगणना हुने 


४ मंसिर २०७९, आइतबार


Ser-Bahadur-Deuba

काठमाडौँ । डडेल्धुरामा सोमबार (भोलि)बाट मात्रै मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो हुने भएपछि मतगणना सोमबार बिहानबाट सुरु हुने भएको हो।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार टाढा-टाढाको मतपेटिकाहरू आउन बाँकी रहेको छ।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए।

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

प्रदेशसभा-१ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।

यसैगरी प्रदेशसभा-२ मा सत्ता गठबन्धनबाट काँग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी लगायत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस