२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको गृहजिल्लामा भोलिबाट मात्रै मतगणना हुने 

अ+ अ-

काठमाडौँ । डडेल्धुरामा सोमबार (भोलि)बाट मात्रै मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो हुने भएपछि मतगणना सोमबार बिहानबाट सुरु हुने भएको हो।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार टाढा-टाढाको मतपेटिकाहरू आउन बाँकी रहेको छ।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए।

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

प्रदेशसभा-१ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।

यसैगरी प्रदेशसभा-२ मा सत्ता गठबन्धनबाट काँग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी लगायत छन्।