स्वतन्त्रले देश चल्दैन : प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वतन्त्रले देश चल्दैन : प्रचण्ड


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहेका उनले आज आइतबार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्क गणितमा पनि खासै फरक नपार्ने बताएका छन् । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उनको भनाइ छ ।

चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस