साहित्यकार झमक घिमिरेले गरिन् मतदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साहित्यकार झमक घिमिरेले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार


धनकुटा । साहित्यकार झमक कुमारी घिमिरेले धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

घिमिरेले बिहान ११ बजे आफ्नो निवास कचिडेबाट १५ मिनेट नजिकको केन्द्रमा मतदान गरेकी हुन् ।

शारीरिक अवस्था जटिलता रहेकी उनलाई अटोमा राखेर मतदान केन्द्र बाहिरसम्म लगिएको थियो । मतदान स्थलमा भने घिमिरेका परिवारका सदस्यले बोकेर लगेका थिए । घिमिरेले देब्रे खुट्टाको औँलाले मतपत्रमा स्वस्तिक छाप लगाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस