१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला व्यापारका लागि चिनियाँ राष्ट्रपति सिको आह्वान

अ+ अ-

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एसिया-प्रशान्त आर्थिक सहयोग ९एपेक० का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताए ।

बहुपक्षीयतालाई वास्तविक रूपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

खुला, भेदभावरहित व्यापार र लगानीको वातावरण निर्माण गर्न तथा सामूहिक हितको खातिर समावेशितामा ध्यान दिन उत्तिकै जरुरी भएको विचार चिनियाँ राष्ट्रपतिले व्यक्त गरे । क्षेत्रीय आर्थिक सहयोग संरचना निर्माण, साना तथा मझौला उद्यमको विकास, एसिया–प्रशान्त क्षेत्रको बजार प्रवर्द्धन, आर्थिक पुनरुत्थान तथा दिगो विकासलाई सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थान, एसिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि खुला क्षेत्रीय सहयोगलाई समर्थन गर्ने, क्षेत्रीय आर्थिक सहयोगको स्तर उकास्ने, परिष्कृत प्रविधि प्रयोग गरेर नयाँ उत्पादन बजारमा पु¥याउन तथा उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताबाट आफ्नो देश पछि नहट्ने दृढता राष्ट्रपति सीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस