पैसा बाँड्दै हिँडेका एमाले उम्मेदवारका छोरा पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पैसा बाँड्दै हिँडेका एमाले उम्मेदवारका छोरा पक्राउ


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । 

शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको बताइएको छ । 

उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको एक प्रहरीले बताए । अप अनुसन्धान भइरहेको पनि ती प्रहरीले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस