प्रमुख आयुक्त, आयुक्त र सचिवले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान !   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख आयुक्त, आयुक्त र सचिवले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान !  


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले युनीक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्र भक्तपुरबाट मतदान गर्ने भएका छन् । प्रमुख आयुक्त थपलियाले बिहान ७ बजे मतदान गर्ने आयोगले जनाएको छ ।

सोही समयमा आयुक्तहरू ईश्वरी प्रसाद पौड्यालले टिका विद्याश्रम ललितपुरबाट मतदान गर्दैछन् भने रामप्रसाद भण्डारीले मिलन विद्यामन्दिर स्कुल अनामनगर काठमाडौँ मतदान केन्द्रबाट मतदान गर्दै छन् ।  

आयुक्त डा.जानकी कुमारी तुलाधरले सुन्दर बजार नगरपालिका २ स्थित महेन्द्र मन्दिर मावि परेवाडाँडाँ लमजुङ, शगुन सम्शेर जबराले टोखा नगरपालिका बडा नम्बर ४ स्थित धापासी निमावि फैमालचुल मतदान  केन्द्रबाट मतदान गर्ने जनाइएको छ । 

यस्तै सचिव गोकर्णमणि दुवाडीले नागार्जुन नगरपालिका २ स्थित रेडमडील स्कुल मतदान केन्द्रबाट मतदान गर्ने आयोगको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस