२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा साढे १६ लाख बढी मतदाता निर्वाचनमा सहभागी बन्दै, कुन जिल्लामा कति ? 

अ+ अ-

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । 

हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् । 

छिमेकी दुई ठूला राष्ट्रहरू चीन र भारतसम्म सिमाना जोडिएको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् । 

प्रदेशको राजधानी रहेको कास्की जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लामा दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउनेछन् । जसमध्ये एक लाख ४० हजार तीन सय ६९ महिला, एक लाख २४ हजार ८३ पुरुष र चार जना अन्य छन् । निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ८९ जनाको प्रतिस्पर्धा छ ।

तनहुँमा कूल दुई लाख ४४ हजार तीन सय ४० मतदातामध्ये महिला एक लाख २७ हजार दुई सय ६ जना छन् भने पुरुष एक लाख १७ हजार एक सय ३४ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

गोरखामा दुई लाख २० हजार ६ सय ३७ जना मतदातामध्ये महिला एक लाख १० हजार चार सय २१ र पुरुष एक लाख १० हजार एक सय ८९ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी ४९ जना चुनावी मैदानमा छन् ।

स्याङ्जामा कूल दुई लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमध्ये महिला एक लाख २४ हजार सात सय ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एक जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

पूर्वी नवलपरासीमा दुई लाख ३३ हजार ९५ जना मतदाता रहेकामा एक लाख २३ हजार पाँच सय ४० महिला र एक लाख नौ हजार पाँच सय ५१ पुरुष छन् । यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ ।

बागलुङमा कूल एक लाख ९२ हजार दुई सय २७ जना मतदाता रहेकामा ९८ हजार ६ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जिल्लामा ३१ जना चुनावी मैदानमा छन् ।    

मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, लमजुङमा प्रतिनिधिसभाका लागि एक÷एक निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । थोरै मतदाता रहेको मनाङमा कूल पाँच हजार नौ सय ७६ मध्ये महिला तीन हजार ९४ र पुरुष दुई हजार आठ सय ८२ जना छन् । जिल्लामा प्रतिनिधिसभा प्रदेशसभा गरी छ जनाको उम्मेदवारी छ । प्रदेशसभा २ मा प्रदेशसभा सदस्यका लागि राजीव गुरुङ ९दीपक मनाङे०  निर्विरोध भइसकेका छन् ।

पर्वतमा कूल मतदाता महिला ६१ हजार नौ सय ९८ र पुरुष ६० हजार ६ सय ५१ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार रहेका छन् । लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनाको उम्मेदवारी छ । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदातामध्ये महिला मतदाता ६८ हजार दुई सय ८८ जना छन् भने पुरुष मतादाता ६५ हजार दुई सय ७१ जना छन् ।

म्याग्दीमा कूल ८६ हजार एक सय २० जना मतदाता रहेकामा ४४ हजार ६४ महिला, ४२ हजार ५५ पुरुष र एक जना अन्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि जिल्लामा कूल १९ जनाको प्रतिस्पर्धा छ । कूल १० हजार नौ सय ५७ जना मतदाता रहेको मुस्ताङमा महिला पाँच हजार पाँच सय ८१, पुरुष पाँच हजार तीन सय ७५ र अन्य एक जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौ जनाको प्रतिस्पर्धा छ ।

यस निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू पुगी निर्वाचन प्रक्रियाका कामहरू गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस