उर्लाबारीमा दुई समूहबिच झडप, एक जना युवा गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उर्लाबारीमा दुई समूहबिच झडप, एक जना युवा गम्भीर


३ मंसिर २०७९, शनिबार


मोरङ । मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबिच झडप भएको छ ।

झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबिच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् ।

मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी-४ का गौतम तामाङको अवस्था गम्भीर छ । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।

थापा, चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरूमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ ।

पुराना रिसिइबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस