युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । युएईले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो । युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए ।

आज दुबै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन् । नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस