ईन्फान्टिनो फेरि फिफा अध्यक्षमा निर्वाचित हुने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ईन्फान्टिनो फेरि फिफा अध्यक्षमा निर्वाचित हुने


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

रुवान्डामा आगामी मार्चमा हुने फिफा कांग्रेसबाट उनी पुनः निर्वाचित हुनेछन् ।

५२ वर्षीय ईन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै उनी २०१९ मा दोस्रो कार्यकालका पुन: निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस