२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थायित्वका लागि सत्तागठबन्धनलाई विजयी गराउन संयुक्त अपिल  

अ+ अ-

काठमाडौँ । संविधानको भावनाअनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापीरूपमा सत्ता गठबन्धनमा आबद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आबद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् ।  

गठबन्धनका तर्फबाट आज (बिहीवार) एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आम चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन् । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज संयुक्त रूपमा जारी गरेका विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । 

यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको प्रचारप्रसारको क्रममा नै गठबन्धनको पक्षमा देशव्यापीरूपमा जनलहर आएको र नेता कार्यकर्तामा उत्साह पैदा भएको संयुक्त अपिलमा उल्लेख छ । 

अपिलमा भनिएको छ, ‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभाको विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनुका सट्टामा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’

डेढ वर्षको अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा पालिका चुनाव सम्पन्न गरेको र त्यसमासमेत सहकार्य रहेको उल्लेख गर्दै अपिलमा यस चुनावमा समेत गठबन्धन एक ठाउँमा उभिएको बताइएको छ । संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारलाई छिटोभन्दा छिटो सम्पन्न गरी देशलाई विकासशील देशको दर्जामा माथि उठाउने लक्ष्यका साथ सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको अपिलमा उल्लेख छ । 

गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ-आफ्नो पक्षमा मत माग्नु स्वाभाविक नै भएको अपिलमा उल्लेख छ । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुसार राजनीतिक स्थायित्व दिने दाबी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस