२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका उम्मेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारी मुक्त

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् ।

धवलागिरि गाउँपालिका-५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए ।

कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।

उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए ।

आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

मालिका गाउँपालिका-४ को ओखरबोट माविका प्रधानाध्यापक रहेका कार्की निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरितको कार्य गरेकाले जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस