रुपन्देही २ मा गठबन्धनलाई लौरो अभियानको पनि समर्थन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुपन्देही २ मा गठबन्धनलाई लौरो अभियानको पनि समर्थन 


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । रुपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । 

पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए ।

उनले रुपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २ (२) तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको  समर्थन रहेको बताए । जहाँ एमालेका उम्मेदवार विष्णु पौडेलसँग थापाको प्रतिस्पर्धा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस