नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ ।

नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउँदो डिसेम्बर १३ मा काठमाडौँमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो । 

बुधबार होटेल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिइएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्याइएको छ ।

बाँकी २ वटा अवार्ड भने हवाई सुरक्षा र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदार मध्यहरुबाट उत्कृष्टलाई प्रदान गरिने आयोजक बानले जनाएको छ ।

बेस्ट एयरलाइन्स अवार्ड (बान) को आयोजनामा हुने कार्यक्रमको सहआयोजकको रूपमा होटेल ह्यायात प्लेस रहेको छ भने टाइटल स्पोन्सरमा नेपाल टुरिजम बोर्ड लगायतका कम्पनीहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस