२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५-२० वर्ष गठबन्धनको सरकार चलाएर देशको मुहार फेर्ने योजनामा छौँ : देउवा 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारको विरोध भएको झोकमा केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाएका छन्।

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको विरोध भएकै आधारमा ओलीले दुईपटक संसद् विघटन गरेको आरोप लगाए। 

‘जनताले चुनेका प्रतिनिधिले ५ वर्षसम्म काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले जथाभाबी संसद् भङ्ग गर्न पाउने अधिकार अहिलेको संविधानमा छैन,’ उनले भने, ‘तर ओलीजीले सरकारको विरोध भएको भन्दै दुईपटक संसद् विघटन गरिदिए। तर, हामी त्यस्तो गर्दैनौँ।’

देशको मुहार फेर्नका लागि गठबन्धन बनेको उनको दाबी छ। ‘१५-२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना हो,’ उनले भने। 

देउवाले आज गृहजिल्ला डडेल्धुरामा तीन र बैतडीमा एक गरी चारवटा चुनावी सभालाई सम्बोधन गरेका छन्। यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन त्यतै बसेका थिए। 

सो क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उम्मेदवार छन्। देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्। यस्तै, दुई प्रदेश सभा क्षेत्रमा १२ जना उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस