२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व चुहावट गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका-११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको हो ।

विभागले झण्डै २५ लाख बिगो र सजाय हुने बिगो २५ लाख गरी झण्डै ५० लाखको असुलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोप पत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधन पनि जफत गर्न माग गरेको छ ।

विश्वकर्माले सञ्चालन गर्दै आएको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठुलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोजिम राजस्व चुहावटको कसुर गरेको पुष्टि हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस