विश्वकपको उपाधि कसले जित्ला ? « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

विश्वकपको उपाधि कसले जित्ला ?


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदार रहेको बताएका छन् ।

मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रूपमा देखेका छन् ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लागि पर्ने छन् । साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘जब हामी दाबेदारबारे कुरा गर्छौँ । हामी सधैँ एउटै टिमका बारेका कुरा गर्छौँ । मैले कुनै टिमलाई माथि राख्नुपर्‍यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा अलि माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस