२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ-३ मा भानुभक्त,रेखा र सुनिलकुमारबीच त्रिपक्षीय प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए । ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित भएका थिए।

गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यस पटक अनुमान लगाउन सकिने अवस्था छैन । नायिका थापाको उम्मेदवारीले यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेलाई बलियो सङ्गठनको भरोसा छ । शर्मा गठबन्धनको भर परेका छन् ।

नायिका थापा मोरङ-३ मा मतदाताले आफुलाई साथ दिने बताउछिन् । जनताको सेवा गर्ने भावनाले नै चलिचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उनी बताउछिन् । मुख्य प्रतिस्पर्धा ढकाल, शर्मा र थापाबीच हुने देखिन्छ । कांग्रेसबाट जयराज संयोक बागी उम्मेदवार रहेका छन् ।

मोरङ क्षेत्र नं ३ मा सङ्घीय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा छन् । उन्नाइस स्वन्तन्त्र उम्मेदवार छन् । नेमकिपाबाट ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीबाट भवन राई, हाम्रो नेपाली पार्टीबाट खगेन्द्रप्रसाद न्यौपाने, नेकपा माले बाट उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेशनलिष्ट पिपुल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती चुनावी मैदानमा छन् ।

त्यसैगरी दिनेश चापागाईँ, जयराज संयोक, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला स्वतन्त्र उम्मेदवार रहेका छन् ।

क्षेत्र नं ३ प्रदेशसभा (१)मा कांग्रेसबाट मानबहादुर लिम्बू, एमालेबाट दिलीपकुमार राई, राप्रपाबाट तीर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी छ । प्रदेशसभा (२)मा एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ, राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन् । प्रदेशसभा (१) मा ७५ हजार तीन सय ९३ तथा प्रदेशसभा (२) मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताए । उक्त क्षेत्रमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो । जसपा–एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दुई हजार एक सय २१ मत छ । कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस