देश विकास गर्ने पालो युवा पुस्ताको हो : ओली « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

देश विकास गर्ने पालो युवा पुस्ताको हो : ओली


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवा पुस्ताको हुनुपर्ने बताएका छन्।

एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको उनले बताए।

अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनको भनाइ थियो।

ललितपुर क्षेत्र नम्बर ३ को घरदैलो कार्यक्रममा मंगलबार ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस