२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापालाई प्रवक्ता महतले भने-प्रधानमन्त्रीको बाजा बजाउन आवश्यक छैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताएका छन् । 

काँग्रेस महामन्त्री गगन थापालगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेको सन्दर्भमा सभापति निकट मानिने डा.महतले यस्तो जवाफ दिएका हुन् । 

डा. महतले प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । ‘त्यसकारण अहिले प्रधानमन्त्री वा दलको नेताका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता म ठान्दिनँ’, प्रवक्ता महतको भनाइ छ । उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताएका छन् । 

‘स्वयम् पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो त्यो मलाई थाहा छैन’, महतले पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थकको ध्यान अहिले कसरी बढीभन्दा बढी पार्टीका उम्मेदवारहरूलाई जिताउने र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने भन्ने नै रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस