२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई काठमाडौँमा जिताउनुस्, हामी रोल्पामा काँग्रेसलाई जिताउँदै छौँ : ओनसरी घर्ती

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी,  काँग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् । 

सत्तारुढ गठबन्धनले काठमाडौँको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् ।

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रूपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र काँग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौँ-२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख)मा माओवादी मतले काँग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् । 

‘काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा काँग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘तपाईँहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर काँग्रेसका उम्मेदवार जिताउँदै छौँ । कतै कलम र कतै ग्लासको जित गराउँदै छौँ ।’ 

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही आफ्नो दल मिलेर मुलुकबाट राजतन्त्र अन्त्य गरेको स्मरण गरिन् । काँग्रेस र कम्युनिस्ट मिलेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले अवस्था परिवर्तन गर्न गिरिजाप्रसादले भन्ने गरेको जस्तै प्रमुख दलबीच सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताइन् । गिरिजाप्रसादकै शैलीमा उनले तीन पटक कार्यक्रममा जय नेपाल उच्चारण गरिन् । 

उनले सत्ता गठबन्धन लोकतन्त्र र संविधानमाथिको प्रहार रोकेर राजनीतिक स्थायित्व, विकास र मुलुकको सम्बृद्धिका लागि बनेको दाबी गरिन् । गठबन्धनका दलबीच नीति र सिद्धान्तमा केही भिन्नता भए पनि मुलुकको विकास सबैको साझा उद्देश्य भएको उल्लेख गरिन् । 

प्रतिक्रिया दिनुहोस