आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउन निर्देशन  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउन निर्देशन 


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ। सुनसरीमा राजनीतिक दल र उम्मेदवारले आचारसंहिता विपरीत जथाभाबी राखेका प्रचार सामग्री हटाउन प्रशासनले निर्देशन दिएको छ । 

सुनसरीको इनरुवामा आज बसेको सर्वदलीय बैठकले चोक, बजारमा जथाभाबी झुण्डाइएका प्रचार सामाग्री नहटाए निर्वाचन अनुगमन समितिले प्रहरी परिचालन गरी हटाउने निर्णय गरेको छ । 

राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको नियमको उलङ्घन गरी प्रचार सामग्री जथाभाबी राखेको भन्दै उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक आयोजना गरेको थियो । 

बैठकले सुनसरी २ नम्बर क्षेत्रको मतगणना शैक्षिक तालिम केन्द्र इनरूवामा र ४ नम्बर क्षेत्रको मतगणना भगवती मावि इनरूवामा गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सुनसरीमा निर्वाचन व्यवस्थापनको कार्य पनि अन्तिम चारणमा पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस